दफा ९ग
विशेष स्वेच्छिक अवकाश योजना ल्याउन सक्ने
(१) नेपाल सरकारले यो ऐन लागू भएपछि यस ऐन बमोजिम स्तरवृद्धि भएका तर स्तरवृद्धि भएको पदमा पदस्थापना भई नसकेका र ऐनको दफा ९ख. बमोजिम पदस्थापना भएका कर्मचारीमध्ये निवृत्तभरण पाउने अवस्थाका कर्मचारीलाई लक्षित गरी एक पटकको निम्ति विशेष स्वेच्छिक अवकाश योजना कार्यक्रम ल्याउनेछ ।
(२) उपदफा (१) बमोजिम ल्याइएको स्वेच्छिक अवकाश योजना अनुसार अवकाश लिन चाहने कर्मचारीले सो कार्यक्रम लागू भएको छ महिनाभित्र मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ र त्यसरी निवेदन दिने कर्मचारीलाई नेपाल सरकारल स्वेच्छिक अवकाश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम स्वेच्छिक अवकाश पाउने कर्मचारीलाई साठी वर्ष उमेर ननाघ्ने गरी बढीमा सात वर्ष सेवा अवधि थप गरी निवृत्तभरणको लागि जम्मा सेवा अवधि कायम गरिनेछ ।
(४) यस दफा बमोजिम स्वेच्छिक अवकाश पाउने कर्मचारीलाई सात वर्ष सम्मको निवृत्तभरण बराबरको रकम एकमुष्ट रुपमा भुक्तानी दिन सकिनेछ ।
(५)विशेष स्वेच्छिक अवकाश योजना सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।